तनहुँ \ रमाइलोका लागि मात्र नभई  आजभोली  विभिन्न सामाजिक कार्यका लागि देउसीभैलो कार्यक्रम सञ्चालन हुने गरेको छ । पछिल्लो समय तिहारमा खेलिने देउसीभैलोलाई विभिन्न सङ्घसंस्थाले सामाजिक कामसँग जोड्न थालेका छन् । 

व्यास नगरपालिका – २ अमरसिंह मार्ग टोल विकास संस्थामा आबद्ध स्थानीयवासीले टोलमा सिसी क्यामरा जडानका लागी देउसीभैलो कार्यक्रम  गरेर रकम  सङ्कलन गरेका छन् । 

OM Sai Pathibhara Hospital

३५ घरधुरी रहेको टोलमा सिसी क्यामरा जडान गर्न आवश्यक रहेको  भन्दै देउसीभैलोबाट रु ६२ हजार १०५ सङ्कलन भएको टोलका अध्यक्ष हबिब खानले जानकारी दिए । 

“यस टोलमा सिसी क्यामरा जडान गर्न अतिआवश्यक भइसकेको छ, शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न जस्ता विभिन्न कार्यमा सिसी क्यामराले महत्वपूर्ण भूमिका खेल्छ ” उनले भने ।

बजार क्षेत्रमा चोरीलगायत शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्य लिएर आफूहरूले देउसीभैलो खेलेको टोलका सहसचिव विकल्प श्रेष्ठको भनाइ छ । 

टोलवासीको सल्लाह र सुझावले नै आफूहरूले सिसी क्यामेरा जडान गर्न देउसीभैलो खेल्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार देउसीभैलोबाट सङ्कलन भएको रकममा केही रकम थप गरी सिसी क्यामरा खरिद गरिने छ ।