बिर्तामोड / कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश खुल्ला गरिएको छ । कोरोना संक्रमण व्यापक रुपमा बढेपछि प्रवेशमा प्रतिबन्ध लगाएको अमेरिकाले २० महिनापछि विदेशी नागरिकलाई प्रवेश गर्न खुल्ला गरेको हो । 

यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरू सहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरू प्रभावित भएका थिए । पूर्ण खोप लगाएकाहरूलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ । 

OM Sai Pathibhara Hospital

चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चिनियां नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध विस्तार गरिएको थियो ।