काठमाडौं  /  साताको पहिलो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ५३ अंक बढेको छ ।

 प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ८५४ दशमलव ३८ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका ३५ ओटा कम्पनीको ८ हजार १८० कित्ता शेयर रू. ५८ लाख ५१ हजार ७९५ मा खरीदविक्री भएको छ ।

OM Sai Pathibhara Hospital

प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अरुण काबेली पावरको भएको छ । उक्त कम्पनीको रू. ११ लाख १८ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।