काठमाडौँ / कोरियाले २ वर्ष देखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ ।
कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मङ्सिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।
ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ ।
पछिल्लो समय कोभिड –१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो ।
त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार जान पाउने भएका हुन् ।