न्युजिल्यान्ड  / न्युजिल्यान्ड सरकारले आज देखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू गरेको छ । 

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आज देखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । 

OM Sai Pathibhara Hospital

इच्छा मृत्यु रोज्न पाउने या नपाउने भनेर गत अक्टोबरमा जनमत संग्रह भएको थियो । जनमत सङ्ग्रहमा ६५.१ प्रतिशतले पाउनु पर्छ भनेर मतदान गरेका थिए । सोही अनुरूप उक्त कानुन पास भएको थियो।

तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्ने छ। कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्।  यो प्रक्रियाका लागि कम्तीमा पनि दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

स्विट्जरल्यान्ड, नेदरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्ग, क्यानडा, अष्ट्रेलिया र कोलम्बियामा  पनि इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ। तर ती मुलुकहरूले इच्छा मृत्युका लागि फरक–फरक मापदण्ड बनाएका छन्।