बुटवल  / रूपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ५१ लाख रुपैयाँ बढी मूल्यको सामान बुटवलबाट बरामद गरेको छ ।

प्रहरीले भारतबाट ल्याइएको कपडा, कस्मेटिक र जुत्ता लगायतका सामान बुटवलको तिनाउ पुल नजिकैबाट बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरका दुईवटा जीपमा ल्याइएको सामाग्री प्रहरीले बरामद गरेको हो । रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार बरामद भएको सामानमा ६० हजार थान लिपगार्ड (ओठमा लगाउने कस्मेटिक) रहेको छ ।

यस्तै कुर्ता सुरुवाल सेट २ सय ३६ थान, चुन्नी ६ सय थान, बनारसी साडी ६७ थान रहेको डीएसपी थापाले बताए ।

यस्तै विभिन्न ब्राण्डका जुत्ता, टिसर्ट लगायतका सामान पनि बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।

पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करीब साढे ५१ लाख मूल्यांकन गरेको छ । बरामद सामानसँगै जीप चालक सैनामैना(२ का ४० बर्षीय तुलसी थारु र सोही ठाउँका ४० बर्षिय मीनप्रसाद भण्डारी पनि पक्राउ परेका छन् ।

बरामद भएको सामान र पक्राउ परेका चालकसहित दुवैजनालाई थप अनुसन्धान र कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताए ।