बिर्तामोड  / अफगानिस्तानमा तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले बताए । 

मुजाहिदले अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ –‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ ।’ 

OM Sai Pathibhara Hospital

काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको बताइएको छ । 

काबुलस्थित सरदार मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार बन्दुक र बम हमला हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।

तालिवान सत्तामा आएपछि अन्तर्राष्ट्रिय सहायता रोकिएको कारण पछिल्लो समय अफगानिस्तानमा मानवीय संकट चर्किन थालेको छ ।