काठमाडौँ /  नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२०० ले बढेर रु.९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु. ९१ हजार ८०० मा कारोबार भएको थियो ।    

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ५०० रहनेछ जसको मूल्य सोमबार प्रतितोला रु. ९१ हजार ३०० तोकिएको थियो ।    

OM Sai Pathibhara Hospital

 महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर एक हजार २५० कायम भएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।