बिर्तामोड / सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपिओ) बाँडफाँट भएको छ ।
गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ कम्पनीले आज (मंगलबार) बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन्। बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार सामलिङ्ग पावरको आइपिओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ।
सामलिङ्ग पावर कम्पनीको आईपीओ योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० पाएका छन् । यसको मतलब अधिकतम ९६.९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ ।