बिर्तामोड / नेपाली बजारमा आज (सोमवार) सुनको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । छापावाला सुनको आइतबार मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार २४० मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले बढेर रू. १ हजार २४५ मा किनबेच भइरहेको छ ।