भद्रपुर  / नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समितिले भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । 

समितिले गत कार्तिक २ गते अविरल वर्षापछि मेची नदीमा आएको बाढीले प्रभावित परेका परिवारलाई राहत सामग्री वितरण गरेको हो । 

OM Sai Pathibhara Hospital

समितिले भद्रपुरका सय भन्दा बढी बाढीपीडितलाई खाद्यान्न सामग्री वितरण गरेको भद्रपुर –५ का अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । 

त्यस्तै क्यारिटस नेपालले भद्रपुर –३ स्थित हतिमाराका ३० परिवारलाई पनि खाद्यान्न सामग्री वितरण गरेको छ ।