जनकपुरधाम  / सर्लाहीको हरिवन नगरपालिका –१ स्थित मानव सेवा आश्रममा एक महिला माथि कुटपिट भएको छ । 

मानसिक रोगको उपचार गर्न आएकी हरिवन नगरपालिका –१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि कुटपिट भएको हो । 

OM Sai Pathibhara Hospital

कार्की गत कार्तिक ३ गते मानसिक रोगको उपचारका लागि आश्रम गएकी थिइन् । केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य शुकदेव कार्कीले रेखाकुमारी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए।

तर रेखाकुमारीलाई आश्रमबाट घर लैजाँदा उनको शरीरभरि कुटपिट गरेको निलडाम र घाउ भेटिएको आफ्न्तको भनाइ छ । 

रेखाकुमारीका परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको थियो, तर प्रहरीले आश्रमले सहयोग गरिरहेकोले मिलेर जाऊ भन्दै प्रहरीले उजुरी लिन नमानेको रेखाकुमारीका दाजु नवीनले बताए । 

त्यसपछि न्याय माग गर्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालयमार्फत जाहेरी दिने तयारी गरेको कार्कीले बताए।