काठमाडौं  / हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।

आज देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक- दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

OM Sai Pathibhara Hospital

आज दिउँसो देशको पहाडी भु(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहने छ।प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।