बिर्तामोड / शुक्रबार राती १२ बजेदेखि लागू हुनै गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । 

निगमका अनुसार शुक्रबार राती देखि पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढेको छ ।

OM Sai Pathibhara Hospital

काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमश १३३ र ११६ तथा आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको विक्रि मूल्यमा प्रति लिटर १० रुपैयाँले वृद्धि भएको छ । 

त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३ प्रति किलो लिटर रहेको छ । 

एलपीग्यासमा काठमाडौँको साविक बिकी मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी नयाँ खुद्रा विक्रि मूल्य १५ सय प्रति सिलिण्डर कायम भएको छ ।