एजेन्सी  / भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कुल सङ्ख्या चार लाख ५७ हजार १९१ पुगेको छ ।

एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका छन् ।

OM Sai Pathibhara Hospital

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।