एजेन्सी / इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा री कम्तीमा १० जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरू अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।

OM Sai Pathibhara Hospital

इराकी राष्ट्रिय सुरक्षा निकायहरूले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।

त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।

इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।