काठमाडौँ / गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ ।

सैनिक कू गरेका जनरल अब्देल फातक बुर्हानले गृहयुद्ध टार्न सेनाले कदम चालेको दाबी गरेका हुन् । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोक केही दिन सैनिक जनरलकै घरमा बसेर अहिले आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि सुडानमा प्रदर्शन भइरहेको छ ।

OM Sai Pathibhara Hospital

राजधानीमा सडक, पसल तथा पुलहरु बन्द गरिएका छन् । टेलिफोन तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।