इलाम / इलामबाट  श्रीमती र छोरीको टोकेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका –५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङ रहेका छन् । 

मंगलबार बिहान ६ बजे तामाङले झारफुक गर्ने क्रममा श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । 

OM Sai Pathibhara Hospital

उनको टोकाइबाट नै छोरी र श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखी धामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ ।