काठमाडौँ / चीनले सीमा सुरक्षा सम्बन्धी नयाँ कानून पारित गरेको छ । नयाँ कानून सन् २०२२ को जनवरी १ देखि लागू हुने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 

चीनले ७२ वर्षको अवधिमा सीमा सुरक्षा प्रवन्धका लागि पहिलो पटक नयाँ कानून बनाएको हो ।

OM Sai Pathibhara Hospital

चीनको २२ हजार किलोमिटर लामो सिमाना १४ देशसँग जोडिएको छ । चीनको सिमाना नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, उत्तर कोरिया, रुस, काजकस्तान, ताजिकिस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, म्यानमार र भियतनामसँग जोडिएको छ ।