एजेन्सी / सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ ।

अलजजिरा अनलाइनका अनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई सेनाले उनकै घरभित्र नजरबन्दमा राखेको अलजजिरा अनलाइनले जनाको छ ।  

OM Sai Pathibhara Hospital

सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ ।

यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैँले सामाजिक सञ्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् । सञ्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको जनाइएको छ । 

सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आह्वान गरेका थिए ।

गत सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाब चर्किएको छ । 

सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो ।

अहिले आम नागरिक र सैन्य प्रतिनिधिसहितको सङ्क्रमणकालीन सरकारले सुडानको सत्ता सम्हालिरहेको छ ।