बिर्तामोड (कान्तिपुर दैनिकबाट) कांग्रेस महाधिवेशन चौथोपटक सारिएको मिति (मंसिर ९ १३ ) मा पनि हुने सम्भावना करिब सकिएको छ । नेतृत्वले निर्धारित मितिमा महाधिवेशन गर्ने तदारुकता देखाएको छैन भने नेतृत्वमा जान प्रयासरत समूहले महाधिवेशनका लागि दबाब सिर्जना गरेको छैन ।

त्यही कारण सभापति शेरबहादुर देउवा र इतर समूहका प्रमुख नेता रामचन्द्र पौडेलले नै तत्काल महाधिवेशन नचाहेका त होइनन् रु भन्ने प्रश्न उब्जिएको छ । २०७२ फागुनमा ४ वर्षका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको कार्यकाल ५ वर्ष ७ महिनामा हिँडिरहेको छ ।

OM Sai Pathibhara Hospital

परिस्थितिले अहिले उनी प्रधानमन्त्री बनेका छन् । महाधिवेशन गर्ने प्रमुख दायित्व भए पनि राज्य सत्ताको धपेडी र पार्टी सक्ताको स्वादले उनका लागि महाधिवेशन प्राथमिकतामा परेको छैन । ‘नेतृत्वमा जान हतारिनुपर्ने अन्य नेताहरु विशेषगरी रामचन्द्र पौडेल नै अहिलेको अवस्थामा महाधिवेशनमा जान चाहनुहुन्न,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, ‘कुर्सीमा बसेको मान्छेलाई महाधिवेशनमा जान केको हतारो ? ’

आचार्यले भनेझै देउवालाई महाधिवेशनमा जान हतार छैन । उनले आगामी निर्वाचनबाट पुनः प्रधानमन्त्री बन्न चाहेका छन् । पार्टी नेतृत्व गुमाए उनका लागि प्रधानमन्त्री पद प्राप्ति निकै कठिन हुनेछ ।