ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका –२ ओलकमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय भीम बहादुर पौडेल रहेका छन् । 

बिहीबार बेलुका ४ बजे घर नजिकै रहेको कुटमिरोको रुखमा चढी घाँस झार्ने क्रममा लडेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी थेचम्बुले जनाएको छ ।