बिर्तामोड / ब्रिटेनको सिक्का निर्माता रोयल मिन्ट कम्पनीले पुराना इलेक्ट्रोनिक सामानबाट सुनसहित अन्य बहुमूल्य धातु निकाल्ने योजना सार्वजनिक गरेको छ । 

उक्त कम्पनीले विश्वमै पहिलो पटक पुराना फोन, ल्यापटप र कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने योजना सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ । 

परीक्षण प्रयोगमा ९९९.९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने, यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने बताइएको छ।

रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले यो प्रविधिले विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौती मध्ये एकलाई समाधान गर्न प्रभाव पार्ने बताएकी छन्।

जोस्सेपले विद्युतीय फोहोर कम गर्न, बहुमूल्य धातु संरक्षण गर्न र नयाँ सीपको विकास गर्न यो प्रविधिको ठूलो प्रभाव पर्न सक्ने बताएकी छन्।