बिर्तामोड / न्यादि हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) आज बाँडफाँट गरेको छ । 

कम्पनीले गत असोज १५ गते सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको थियो ।

OM Sai Pathibhara Hospital

निष्कासनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर मात्रै कम्पनीले सर्वसाधारणलाई वितरण गरेको छ । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँड गरिएको हो ।
क्यापिटलका अनुसार २ लाख ९ हजार २५० जनाले कम्पनीको शेयर प्राप्त गरेका छन् ।