हुम्ला / हुम्लाको खार्पुनाथ गाउँपालिका –५ स्थित खर्पेलगाउँका पहिरोमा पुरिएर मृत्यु भएका दुई परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । 

आइतबार देखि लगातार परेको वर्षाका कारण गत मङ्लबार पहिरोमा घर पुरिएपछि एउटै घरमा बस्ने दुई परिवारका ६ जनाको मृत्यु भएको थियो ।  पुरिएका शबहरु निकालेर प्रहरी मुचुल्कापछि गाउँबासी मिलेर कर्णाली नदीको तिरमा सामूहिक दाहसंस्कार गरिएको हो । 

OM Sai Pathibhara Hospital

मृत्यु हुनेमा धनबीर शाहीसहित ५५ वर्षीय कलबहादुर शाही, ४० वर्षीया आशा शाही, पाँच वर्षीय बालक हुमेश शाही, तीन वर्षे बालक जसबहादुर शाही र अर्को परिवारका १३ वर्षीय अलिन्द्र शाही रहका छन् ।