काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिकबाट )। विधान महाधिवेशन सकेर नेकपा एमाले नेतृत्व चयनतर्फ केन्द्रीत भएको छ ।


OM Sai Pathibhara Hospital

एमालेले कात्तिक ६ गतेदेखि वडाबाट महाधिवेशन सुरु गर्ने भएको छ । कात्तिक ९ मा स्थानीय तह (गाउँ/नगरपालिका) को अधिवेशन गर्ने जनाइएको छ ।


एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा र पालिका अधिवेशनको उद्घाटन गर्ने भएका छन् ।


एमालेको १०औं महाधिवेशन मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने घोषणा गरिएको छ ।