बिर्तामोड // सामाजिक अभियन्ता महेन्द्र गिरि र ज्योति गिरीले पत्रकार सहारा उपचार कोषलाई एक लाख बढी रकम सहयोग गरेर छोरीको जन्मदिन मनाएका छन्।

छोरी कृतिमाको जन्मोत्सवको अवसर पारेर उनले  नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका हुन्।

OM Sai Pathibhara Hospital

मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई गिरी परिवारले  बिर्तामोड ४ स्थित आफ्नै निवासमा उक्त रकमको चेक  हस्तान्तरण गरेका हुन् ।

  आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग गर्नुभएकोमा कृतिमाले खुशी व्यक्त गरिन।

सोहि अवसरमा बोल्दै सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख  गिरीले आफ्नो कमाईको केही अंश सामाजिक र परोपकारी काममा खर्च गर्ने सोच अनुसार पत्रकारको दीगो हितका लागि स्थापित उपचार कोषमा सहयोग प्रदान गरिएको बताएका छन्। 

लक्ष्य अनुसार कोषलाई छिट्टै एक करोड रुपैया बनाउन जोड  दिएका उनले आफ्नो तर्फबाट अझै धेरै सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरेका छन्।  कोषमा हाल ४६ लाख रुपैयाँ जम्मा भइसकेको उनले जानकारी गराएका छन्। 

 महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।