बिर्तामोड / भारतको दक्षिणी राज्य केरलामा बाढी–पहिरोकाे कारण २४ जनाको ज्यान गएको छ।

शुक्रबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढी–पहिरोमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

बिबिसीका अनुसार अहिले सम्म बाढी–पहिरोमा परी हराइरहेका दुई दर्जन शव फेला परिसकेको छ। यस राज्यका दुई जिल्ला इदुकीकोट्याम जिल्लामा थप दुई जना हराएका छन्। उनीहरूको खोजी कार्य जारी छ।

बाढीमा परेर ज्यान गुमाएकामध्ये पाँच जना बालबालिका रहेका छन् । साथै दर्जन बढी बेपत्ता भएको अनुमान छ । बाढीका कारण यहाँको बाटो र बिजुली अवरुद्ध भएका कारण उद्धार गर्न निकै कठिन भएको बताइएको छ।

त्यस्तै १८४ वटा उद्धार शिविर बनाएर ती ठाउँका करिब आठ हजार मानिसलाई राखिएको छ। उनीहरूलाई खाना, आवास र उपचार सुविधा उपलब्ध गराइएको बताइएको छ ।