काठमाडौं//अन्त:शुल्कको नक्कली स्टीकरको मुख्य कारोबारीलाई प्रहरीले पक्राउ छ। पक्राउ पर्नेमा बाबुराजा कशोधन रहेका छन्।
प्रहरीले भारतबाट केही दिन अघि कशोधनलाई पक्राउ गरेको हो।
बुटवल बसेर विभिन्न मदिरा उद्योगलाई लेवल बनाएर दिने गरेका उनले नक्कली स्टीकर समेत बेचेको उनीमाथि आरोप छ। भैरहवा भन्सार कार्यालयबाट ल्याइएको स्टीकरको रोल सशस्त्र प्रहरीले बरामद गरेपछि अन्त:शुल्क छल्न नक्कली स्टीकर प्रयोग हुने गरेको खुलेको थियो।
पक्राउ परेको स्टीकर छपाइका लागि कम्तीमा पनि ४० देखि ५० करोडको मेसिन आवश्यक पर्ने देखिन्छ। यो खाले मेसिन नक्कली स्टीकर छाप्नैका लागि प्रयोग नगरिने अनुमान छ।
भारतीय बजारको ठूलै लगानीको प्रेसबाट स्टीकर छापिएको विभागको अनुमान छ।
२ करोड ३५ लाख ६३ हजार मूल्य बराबरको नक्कली अन्त:शुल्क स्टीकरसहित दुई जना सशस्त्र पक्राउ गरेको थियो। राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट कशोधन गिरोहको नाइके भएको खुलेको थियो।
त्यसबेला देखि उनि फरार रहँदै आएका थिए।
विभागले थप अनुसन्धानका लागि म्याद थपको माग गर्दा प्रहरीले अनुसन्धान गर्ने विषय भएको अदालतले दाबी गरेको थियो। तर विभागले यो विशुद्ध राजस्व छलीको विषय भएको आधार प्रस्तुत गरेपछि मात्रै म्याद थपको लागि स्वीकृति दिएको थियो।
कशोधनसँग नेपाल र भारत दुवैतर्फको नागरिकता छ। उनको कम्पनीको बैंक खातादेखि सबै कारोबार रोक्का विभागले राखेको छ।
कशोधनबाट लेबलिङ किन्ने अधिकांश डिष्टीलरीले नक्कली स्टीकरमा संलग्न पाइएको थियो। विभागले क्रिष्टल डिष्टीलरी र माउण्ट एभरेष्ट डिष्टीलरीमा प्रयोग भएको स्टीकर र नक्कली स्टीकरको सिरियल नम्बर मिलेपछि दुवै उद्योग बन्द गरेर खातापाता जफत गरेको थियो।
तर दुई साता अघि ती दुई उद्योगलाई संचालन अनुमति दिइसकेको बताइएको छ।
कशोधन पक्राउपछि विभागले नक्कली स्टीकर अनुसन्धानलाई प्रभावकारी बनाउने भएको छ।






































