बिर्तामोड (गोरखापत्र दैनिक) महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताइन् ।

नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिइन् ।

OM Sai Pathibhara Hospital

अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उनको बुझाइ छ ।

उनले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाइन् ।

“खोपका लागि स्वाथ्य मन्त्रालयसँग समन्वय भइरहेको छ । अब त खोप नै लगाएर पनि विद्यार्थीलाई प्रत्यक्ष विधिबाटै शिक्षा दिन जरुरी छ,” उनले भनिन्।

महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या धेरै भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि कतिपय नीतिगत रूपमै परिवर्तन हुनुपर्ने तर त्यो नीति परिवर्तनका लागि बनेका विधेयक संसद्मै रोकिएको उनको भनाइ छ ।

“नेकपा एमालेले संसद् अवरोध गर्दा कतिपय महत्वपूर्ण ऐन संशोधन हुन नसकेर रोकिएका छन्,” उनले भनिन् ।