बिर्तामोड / मध्य भोटेकोसी जलविद्युत कम्पनीको (आईपीओ)मा २३ लाख ९३ हजार चार सय २८ जनाले आवेदन दिएका छन् । 

कम्पनीले गत असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

OM Sai Pathibhara Hospital

जसमध्ये, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । 

बाँकी रहेको बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा झण्डै साढे ३ करोड कित्ता सेयरमा आवेदन परेको हो । रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।

३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिए । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ४.१९ गुणाले बढी हो ।