काठमाडौं// निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि प्रहरी कार्यालयमा पीडितको घुइँचो लागेको छ । आरोपी पक्राउ गरेपछि थप ७ सय ७५ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको सम्पर्कमा आएका छन् ।


OM Sai Pathibhara Hospital

सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले पहिलो पटक उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । पिडितहरुबाट थप उजुरी आउने क्रम जारी रहेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताउनुभयो ।


पक्राउ पर्दा १सय ३७ पीडितको जाहेरीका आधारमा उनीहरूमाथि ७० करोड ८७ लाख १३ हजार रुपैयाँ गठी गरेको आरोप लगाइएको थियो । तर, अहिले त्यो बढेर ३ अर्ब ४०करोड ४७ लाख रुपैयाँ पुगेको छ । उजुरी दिन नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान ब्युरो कार्यालय पुगेका पिडितहरु थोरै होस वा धेरै खाएको पैसा त जसरी भएपनि तिर्नुपर्ने बताउँछन् ।


सीआईबीले अन्य पीडित निक्षेपकर्तालाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ । प्रारम्भिक अध्ययनले सिभिलमा करीब २ हजार २०० जना सक्रिय निक्षेपकर्ता छन् । तर, त्यसमा कति जना ठगिए भनेर यकिन भइसकेको छैन ।


यस घटनामा तामाङसहितको टोलीले योजनाबद्ध रूपमा उक्त रकम हिनामिना गरेको बताइएको छ । उनीहरूलाई सहकारी तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ ।