काठमाडौं / मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशीको आईपीओ गत असोज २० गतेबाट सर्वसाधारणका लागि खुला भएको थियो । 

OM Sai Pathibhara Hospital

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्कासनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।

कुल निष्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणधीन रन अफ रिभरमा आधारित आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिने छ ।