बिर्तामोड / सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो भने, आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

OM Sai Pathibhara Hospital

आइतबारको तुलनामा आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला चाँदी १ हजार १ सय ७५ रहेको थियो । भने आज मूल्य वृद्धि भइ १ हजार १ सय ८० कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।