अछाम//अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा गएको राति बोलेरो जिप दुर्घटना भएको हो।

OM Sai Pathibhara Hospital

पन्चदेवल बिनायक नगरपालिका -२ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षीय सर्प बोहरा र वडा नम्बर- ३ का १७ वर्षीय जीवन जैसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी गराएको छ।

त्यसैगरी सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले बताएको छ।

घाइते चालकसहित  १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको र  २ जनालाई नेपालगन्ज लगिएको बताइएको छ।