बिर्तामो(एजेन्सी) भारतका गृह राज्यमन्त्री अजय मिश्रका छोरा पक्राउ परेका छन् । गृहराज्यमन्त्री मिश्रका छोरा अजय मिश्र शनिबार पक्राउ परेका हुन् । 

उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सञ्चारमाध्यमका अनुसार ४० वर्षीय आशिष मिश्रलाई हिरासत हुँदै आज बिहान लखिमपुरखेरी जेलमा हालिएको छ ।

किसान आन्दोलनकारीमाथि सवारी चलाएर चारजनालाई किचेर हत्या गरेपछि आन्दोलनकारीले गाडीमा सवारलाई कुटपिट गरी हत्या गरेका थिए । 

गृहराज्यमन्त्री मिश्रले छोरोले उक्त सवारीसाधन नचलाएको बताउँदै छोराको संलग्नता अस्वीकार गरेका छन् ।