विराटनगर/  अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरिएको चुरोट बजार अनुगमनका क्रममा भेटिएपछि सरकारी निकायले अनुसन्धान थालेका  छन्।

बजार अनुगमनका क्रममा विराटनगर –४ स्थित गुरुङ किराना पसलबाट अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग भएको ७ सय ६० बट्टा चुरोट भेटिएपछि ४ सरकारी निकायले एकसाथ अनुसन्धान थालेका हुन्।

OM Sai Pathibhara Hospital

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल प्रहरी र बौद्धिक सम्पति चोरी गरेको आरोपमा सम्बन्धित कार्यालयहरूले अनुसन्धान थालेको बताइएको छ

गोर्खालरी  प्रा.लि. हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोट क्याप्टेन चुरोट गोर्खा लहान प्रा.लि. को नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको पाइएको बताइएको छ। संयुक्त बजार अनुगमन समितिले शुक्रबार अन्तःशुल्क स्टिकर प्रयोग गरेको चुरोट बरामद गरेको थियो

कन्चनबारी को गुरुङ किराना पसलका सञ्चालक चन्द्र गुरुङलाई तत्काल वाणिज्य कार्यालयले तत्काल २० हजार रुपैयाँ जरिवाना गरिसकेको बताइएको छ। त्यसपछि आन्तरिक राजश्व कार्यालय विराटनगरले प्रारम्भिक अनुसन्धान सुरु गरेको विराटनगरका प्रमुख विमल सापकोटाले जानकारी गराएका छन् ।

गुरुङको पसलमा भेटिएको चुरोट कहाँबाट आएको भनेर प्राथमिक स्रोतले डिलर बारे जानकारी नदिएपछि नेपाल प्रहरीले समेत अनुसन्धान थालेको छ । अनुगमनमा कैफियत फेला परेको चुरोटको खरिद बिल समेत फेला नपरेको बताइएको छ।

खरिद बिल बिनाको नक्कली चुरोटका विषयमा वाणिज्य कार्यालयले समेत यसलाई अनुसन्धानकै पाटोमा राखेको हो ।  

तत्काल बिल बिजक जारी नगरेको आरोपमा किराना पसल सञ्चालकलाई जरिवाना तिराइएको साथै अन्य निकायसँग समन्वय गरेर कारवाहीका लागि प्रक्रिया बढाई सकिएको वाणिज्य कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेल जानकारी गराएका छन्।