भोजपुर / भोजपुरमा श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भन्दै डर देखाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका –१ चामबोटेका ४६ वर्षीय सुजील राई रहेका छन् । 

राईले शुक्रबार राती ८ बजे घरयसी विवादका कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई भरुवा बन्दुक ताकेर मार्छु भन्दै डर देखाई कुटपिट समेत गरेका थिए । 

OM Sai Pathibhara Hospital

राईको कुटपिटबाट श्रीमती जुनाको शरीरमा चोटपटक समेत लागेको छ । श्रीमानको कुटाइबाट घाइते भएकी जुनाको स्थानीय मेडिकल ओख्रेका उपचार भइरहेको छ । 

घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।