धनुषा / धनुषामा एक महिलाले दुई छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन् । 

नगराईन नगरपालिका –४ स्थित लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेकी धनुषका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

बस्नेतका अनुसार गुरुदेव बिहानै मजदुरी गर्नका लागि घरबाट निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए ।