एजेन्सी / दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड-१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । 

संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड(१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो । 

OM Sai Pathibhara Hospital

डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड(१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ । 

“यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड(१९ खोपको कम्तीमा पनि पहिलो मात्रा दिइएको छैन भने अक्टोबर १६ देखि उनीहरूलाई आ(आफ्नो कार्यालयमा उपस्थित हुन अनुमति दिइने छैन,” वक्तब्यमा भनिएको छ ।

यसैबीच, भारतको संघीय राजधानीसमेत रहेको दिल्ली राज्यमा अहिलेसम्म एक करोड ८७ लाख मानिसलाई कोभिड(१९ खोप लगाइएको राज्य सरकारले जनाएको छ ।