महोत्तरी / महोत्तरीको जलेश्वर नगरपालिका –९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाई लाखौँको गरगहना लुटपाट गरेको छ । 

आज (बिहिबार) बिहान तीन बजे चार जनाको समूहमा आएका बन्दुकधारीहरूले कैलाश सिंहको घरको बाहिरी ढोका फोरेर आमा ७० वर्षीया मनदोदरी देवी सिंह एक्लै सुतिरहेको अवस्थामा गरगहना लुटपाट गरेका हुन् । 

लुटेराले उनको घरबाट नाकको फुली दुई थान, सुनको बाला, सुनको सिक्रीसहित रु पाँच लाख बढीको गरगहना लुटेर लगेको जनाइएको छ । 

OM Sai Pathibhara Hospital

घटना आज बिहान ३ बजे भए पनि छिमेकीले ढिलो गरी थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले अहिले लुटेराको खोजतलास व्यापकरूपमा गरिरहेको जनाइएको छ ।