एजेन्सी /  पाकिस्तानमा बिहीबार गएको भुकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने,२०० बढि घाईते भएका छन् । स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।

बलोचस्तानमा गएको भुकम्पले त्यहाँको केही घर भत्किँदा एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले समाचार संस्थाहरू सँगको कुराकानिका क्रममा बताएका छन् ।  भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन्।

OM Sai Pathibhara Hospital

भूकम्पको केन्द्रबिन्दु रहेको हारनाई सहरमा भूकम्पको सबैभन्दा बढि प्रभाव रहेको छ । केन्द्रबिन्दुदेखि १०२ किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

पाकिस्तानी अधिकारीहरूले उद्धारको काम भइरहेको जनाएका छन्।