बिर्तामोड(एजेन्सी) यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भिडन्त हुँदा ८२ जना भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ७४ जना हुथी विद्रोही लडाकु र अन्य आठ जना यमनका सेना रहेका छन् । 

मारिब शहरलाई नियन्त्रणमा लिनका लागि मंगलबार हुथी विद्रोहीले भिडन्त सुरु गरेका थिए । अधिकांश विद्रोहीहरू मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको हो । 

इरान समर्थित हुथी विद्रोहीले तेल खानीको ठूलो भण्डार रहेको उक्त शहरमा पुनः आक्रमण गर्न थालेपछि यस महिनामा मात्रै सयौं मानिसको ज्यान गएको छ । यहाँ गएको हप्तामा पनि दर्जनौँ हुथी विद्रोही लडाकु मारिएका थिए ।