बिर्तामोड(एजेन्सी) फ्रेन्च क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । 

क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले सन् १९५० यता दुई लाख १६ हजार जना बालबालिकालाई यौन दुव्र्यवहार गरेको एक स्वतन्त्र अध्ययनले पत्ता लगाएपछि लगाएको हो । 

OM Sai Pathibhara Hospital

मंगलबार सार्वजनिक गरिएको घटनाहरूलाई ‘शून्यताको घुम्टो’ भित्र लुकाइएको २५ सय पृष्ठ लामो अध्ययन रिपोर्टले रोमन क्याथोलिक चर्च थप दबाबमा परेको छ । 

विश्वभरबाट चर्चका विभिन्न यौनकाण्डहरु बाहिर आइरहेका छन्, जसमा विशेष गरेर बालबालिकाहरु संलग्न रहेका छन् । जाँचबुझ आयोगका प्रमुख जिन र्माक साउभेले फ्रान्समा यौन दुर्व्यवहार ‘प्रणालीगत’ रहेको र यसमा करिब ३ हजार धर्मगुरु र पादरी संलग्न रहेको बताए ।