सिराहा / सिराहामा सन्त रामपालजी महाराजका अनुयायीहरूले प्रदर्शन गरेका छन् ।

दसैँलगायतका चाडपर्वमा हुने बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशा मुक्त समाज निर्माण लगायतका मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सिराहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिराहामा प्रदर्शन गरिएको हो।

बढ्दो भ्रूणहत्या रोक्नुपर्ने, जातिप्रथा र छुवाछुतको अन्त हुनुपर्नेमा आफूहरूको जोड रहेको उपासक समाज शाखाका संयोजक हरिगोविन्द दासले बताए।  

समाजले आज नै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्।