बिर्तामोड / भौतिक शास्त्रको नोबेल पुरस्कार जापान, जर्मनी र इटलीका तीन जना वैज्ञानिकले पाएका छन् । 

जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीले आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार पाएका हुन् ।  

OM Sai Pathibhara Hospital

मानाबेक्लाउसलाई उनीहरुको पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे अध्ययन गरेका थिए । 

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।