काठमाडौं ( राजधानी दैनिकबाट )। जेष्ठ नागरिकले पाउने ७५ प्रतिशत कैद सजाय माफीको माग गर्दै शोभराजले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा न्यायाधीश मिरा खड्काको एकल इजलासमा सुनुवाइ भएको छ।


OM Sai Pathibhara Hospital

सर्वोच्चले मुद्दाको सुनुवाइ सकिएको जानकारी दिएको छ ।


‘कारागारमार्फत मन्त्रिपरिषदविरुद्ध उहाँले निवेदन चढाउनुभएको थियो । सर्वोच्च अदालतमा अन्तिम फैसला भएर थुनामा रहेको व्यक्तिले बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गर्न मिल्दैन भनेर दरपीठ भएको थियो । त्यो दरपीठ उपर परेको निवदेनमा सुनुवाइ भएको हो,’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने ।


संसारका विभिन्न देशमा हत्याकाण्ड मच्चाएर ‘विकिनी किलर’को रूपमा चिनिने शोभराज १८ वर्षदेखि नेपालमा कैद भुक्तान गरिरहेका छन् ।


नेपाली नागरिकको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्चले आजीवन कारावासको सजाय सुनाएको छ ।