बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –१ पृथ्वीनगरस्थित एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एक महिला घाइते भएकी छिन् । 

आइतबार बिहान १० बजे सेरे चौक बस्ने पुष्पा पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको जिल्ल प्रहरी कार्यालय झापाका डीएपी राकेश थापाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

थापाका अनुसार पौडेलको हात, पाखुरा र ढाडमा आगोले पोलेकाले उनको ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ । 

आगलागिबाट काठको बेरा भएको एक तले घर जलेर नष्ट भएको छ । आगलागीबाट अन्नपात, भाँडाकुँडा, सुन आधातोल र नगद ४५ हजार रुपैयाँ जल्दा चार लाख बराबरको क्षति भएको थापाले बताए ।