सल्यान / माइती जान भनेर घरबाट हिँडेकी बागचौर नगरपालिकाकि एक महिला मृत फेला परेपछि घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी रामकली खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।

मृतकको शरीरको घाउ खत हेर्दा उनलाई गाडीले किचेकोजस्तो देखिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताएका छन् । ‘त्यो बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन उक्त समयमा सञ्चालनमा आएको नदेखिएकाले जेसिबी चालक, साहु र सहचालकलाई अनुसन्धानको लागि पक्राउ गरिएको उनले बताएका छन् । 

OM Sai Pathibhara Hospital

मृतकको कान, ढाड, हातमा गाडीले कुल्चेको जस्तो घाउ देखिएको छ । खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा मृत फेला परेको डिएसपी थापाले बताए। 

खत्री हिँडिरहेको बाटोमा उक्त दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ।