बिर्तामोड / परीक्षणको क्रममा रहेको एक खाने औषधीले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ।

मोल्नुपिरभिर नामक चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो।

OM Sai Pathibhara Hospital

अमेरिकी औषधी उत्पादक कम्पनी मर्कले परीक्षण परिणाम अत्यन्तै सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको छ।

कम्पनीले अमेरिकामा अबको दुई हप्तामा आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो भएको बताए।

उनले अमेरिकी खाद्य तथा औषधी नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन भनेका छन । यदि नियामक निकायले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड–१९ का लागि पहिलो एन्टिभाइरल खाने औषधि बन्नेछ ।

सुरुमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याउने गरी डिजाइन गरिएको छ, जसले भाइरस शरीरमा फैलनबाट रोक्छ ।

कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले संख्या बढाउने इन्जाइमलाई नै निशाना बनाउने कम्पनीको दाबी छ ।

एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधिले काम गरेको खण्डमा महामारी अन्त्य गर्न यो खाने औषधि ठूलो हतियार साबित हुने औषधि उत्पादक कम्पनी मर्कका उपाध्यक्ष डारिया हजुडाले बताएको बिबिसीले जनाएको छ ।